Showing posts with label मुक्तक. Show all posts
Showing posts with label मुक्तक. Show all posts

Tuesday, September 24, 2013

मुक्तक

जिउने आधार एउटै मुटु, आधा लुटी छाड्यौ मलाई
खुराफाती तिम्रै मन'थ्यो,आखिर धोका बाँड्यौ मलाई
बाँच्छु भन्थे दुई चार दिन तितो यादसंग पनि
जिउँदो लाश बनाएर माटोभित्रै गााड्यौ मलाई 

Thursday, February 16, 2012

~ मुक्तक ~

कहाँ कसको लागिन र ?पाउ जिन्दगीमा
आफ्नो कहीं तैरिएन नाउ जिन्दगीमा
उमेरको हिसाब चुक्ता, हुनै लागिसक्यो
ऐले सम्म पर्या हैन, एकै दाउ जिन्दगीमा


Sunday, January 1, 2012

मुक्तक


  1. नयाँ साल उमंगको,नयाँ बिहानी यो
    आज देखि शुरु होस्,मिठो कहानी यो
    हामी सबै मिली रोपौं गुलाफको बिज
    नमरोस् है अब यहाँ, जानी-जानी यो 


    जनावरी १, २०१२ आईतबार

Sunday, December 25, 2011

~ मुक्तक ~


दु:खले खिपी छाएको, पाली राम्रो
प्रेम भन्दा प्रेमले गरेको,गाली राम्रो
कर्मशील र कर्मठ सबै बन्नै पर्छ साथी
शुरुवाती हरबिहानको घाम-लाली राम्रो

Saturday, December 24, 2011

मुक्तक

अल्पविराम भन्दा पनि पूर्णविराम धेरै भयो
कामको खेती छोडी यहाँ आराम धेरै भयो
इमान-धर्म बेची, खाई गेरु वस्त्र धर्नेहरु 
राम जप्ने यो अयोध्यामा हराम धेरै भयो 

~ रुवाई ~


दुखेर मुटु, कहाँ रुएँको हुँ र  ?
सरणमा पाउ,कहाँ छोएँको हुँ र ?
मिलनमा थोरै दाग लागेर केवल 
मनको फेरो पो मैले धोएको हुँ र !

Monday, December 12, 2011

~ दुई मुक्तक ~


तिखै काँडा रै'छ यहाँ,फूलको थुंगो हुँ भन्नेहरुको
इसारा नै काफी छ यहाँ,लाटो-बुङ्गो हुँ भन्नेहरुको
हो साँच्चै ! आकाश र पाताल भेट्ने गोडा रहेछन्
कहिल्यै हलचल नगर्ने म त ढुंगो हुँ भन्नेहरुको



तेरो-मेरो भन्दै बेमेल हात उठिरहन्छ 
घाम साँच्चै हरायो कि रात उठिरहन्छ
बलौं अब सबै मिली अग्निशिखा भइ 
जब सम्म प्रकाश छोप्ने बात उठिरहन्छ 

Saturday, December 10, 2011

~ मुक्तक ~


मर्न लाग्यो कठै मेरो गुराँसको डाली पनि 
बादलले छेकिर'न्छ,पारी-घामको लाली पनि
आशा गरें ! कुहिरो फाट्ला, न्यानो होला आङ्माथी
पोहोर सालको जस्तै शित खस्यो यसपाली पनि  


Tuesday, November 29, 2011

~ एक मुक्तक ~


जन्मिनुको अर्थ बुझे,जीवन मोती हो |
मन खोली जगत हेरे,जीवन ज्योति हो|
दुई दिन बाँच्दा रिस दोष किन गर्ने सखी ?
जीवन केवल समयको एकछाक रोटी हो |

Sunday, November 27, 2011

~ मुक्तक ~


वारी छोडी फड्को मार्दै पारी खोली तरे पछि
दाउ छोपी मन रित्याई मनकै झोली भरे पछि
देशको देउता मान्ने तिमी,गाउँको भूत परें म त
नजिक बस्ने आधार के नै?तिम्रै मुटु सरे पछि



अझै के के बाँकी छ त?मलाई दोष दिन प्रिय!
मर्यो भन्ने सम्झेर कि घट्यो जोश किन प्रिय!
एकै घुट्को सास जान तिम्रै दया चाहियो,
स्वागत गर्छु आउ आजै मेरो होस लिन प्रिय!

~ दुई मुक्तक ~

शिखर पुग्न फेदीबाट भीर चढ्न थालेकोछु
आफैसँग आँफै अब युद्ध लड्न थालेकोछु
बर्षौं सम्म नियतिले फेदै लगाई काट्यो
त्यसैले इन्ची इन्ची उँभो बढ्न थालेको छु




पहिले पहिले भन्थ्यो सबले फूलको थुंगा जस्तो
आफैलाई हेर्दै गएँ, देखें आफै गलेको डुंगा जस्तो
मनका देउता नचिनेर उखेलेर फालेछु कठै !
त्यसैले अचेल लाग्छ मन्दिरनेरै ढलेको ढुंगा जस्तो

Tuesday, November 22, 2011

~ मुक्तक ~

टाल्दैछु यो आधा ज्यान, बर्खा हिउँदै पनि
बाँच्दैछु जीवनमा मनको घाउ सिउँदै पनि

केइ छिन अझै बाँच्छु म,माटोको गीत लेख्न
त्यसैले हाँस्छु साँझ बिहान अनिकाल पिउँदै पनि

~ मुक्तक ~

जन्मिनुको अर्थ बुझे,जीवन मोती हो ,
मन खोली जगत हेरे,जीवन ज्योति हो ,
दुई दिन बाँच्दा रिस दोष किन गर्ने सखी ?
जीवन केवल समयको एकछाक रोटी हो |

~ मुक्तक ~

तिमीले मुख खोल्यो र मैले नि बाँध्न सकिन
रित्तिएकै थियो मन त्यै पनि साँच्न सकिन
तिमी मेरो कोही हैन, साईनो पनि अब छैन
माग्नै पर्ने अधिकार त्यसैले आज माँग्न सकिन

~ मुक्तक ~

दु:ख टेक्दै हिड्दा हिड्दा धेरै कहर भेटें
त्यै टेक्दै माथि जाँदा एउटा सहर भेटें
जिन्दगी र मनको पिडा त्यहाँ पोख्दा मैले
श्रम गरी जिउन पाउँने नयाँ प्रहर भेटें

~ मुक्तक ~

हराए अचेल बिनायो र मचुंङ्गाको तालहरु
मासिए जंगलमा डाँफे र मुनालका चालहरु
डर भो अब यहाँ देशै मासिन्छ कि भन्ने
उर्लिंदो छ झन् एकले अर्कोलाई हान्ने छालहरु

~ मुक्तक ~

तिमीलाई भुल्न पनि सकिन
तिम्रो नजिक डुल्न पनि सकिन
हाँगै भाँच्यौ कि जरा मार्यौ कुन्नि ?
कहीं फक्रेर म फुल्न पनि सकिन

~ मुक्तक ~

पर्ख मात्रै भन्छौ तिमी कैले पुग्ने माथि
माथि जाने डिलैनेर खस्यौ तल साथी
अझै पनि ओरालीले तानी राखेकै छ
आफ्नै साथी यहाँ सबै हुँदा आत्मघाती

~ मुक्तक ~

के मागुँ हेर्न चाँदनी,सापटी जूनको त्यो
बन्दकी राखेँ छातीमा,मुहार उनको त्यो
परदेशको निस्वाश,घरदेशको धड्कन
झंकार सुन्छु बारम्बार,मायालु धुनको त्यो