Showing posts with label गजल. Show all posts
Showing posts with label गजल. Show all posts

Saturday, November 26, 2011

~ गजल ~


घर-चुलो एकै भन्थ्यौ,तर बेग्लै परेको छु।
छुट्टा-भिन्न पारे पनि,अझै तेतै सरेको छु।

सोचेको'थें मेरो लागि,तिमी जून उज्यालो हौ
अध्याँरोमा राती आफ्नै,आँखा बाट झरेको छु।

कैले काँही भन्ने गर्छौ,मेरो आत्म तिम्रो साथी
सधैं भरि भावनाको, भेल एक्लै तरेको छु।

नमागेरै बास दियौ, आशा दियौ प्यास मार्ने
भोकाउँदा आज मनको, झोली आफै भरेको छु।

ढुंगै तिमी बने पनि, सौभाग्यले जुराएको
झुकाउँदै शिर मैले, पाउ पूजा गरेको छु।

~ गजल ~


मन खोली मेरो आँखा हेर काली भन्थ्यौ।
तिमी फूल बगैँचाको म त माली भन्थ्यौ।

मेरो जीवन् सादा पाना के के चित्र कोर्छौ
कोर !म त सजाउने फ्रेम खाली भन्थ्यौ

आफै भयौ पत्रु जस्तो सत्रु सामु आज
तिमीलाई आकार् फेर्छु सुन्मा ढाली भन्थ्यौ

अर्को पाली भेट्नु अघि मरे माटोमुनि
तिम्ले ला'को गुन तिर्छु यसै पाली भन्थ्यौ

आज किन रिस दोष मै माथि नै पोख्छौ
हुनु पर्छ सत्य "मनु"हुन्न जाली भन्थ्यौ

Friday, November 25, 2011

~ गजल ~

माग्दैछ एक अठोट,आफ्नै जगतले आज
भन्दैछ देश बचाऊ, हाम्रै रगतले आज


राष्ट्रको चिन्ह खुकुरी,आफ्नै गर्दनमा हेर !
थामेर राख्न सकेनौं,अन्धो मगजले आज

लिए नि कोही तर्वार ! भए नि अचानो यही
दर्बार ढल्यो छिनैमा,उस्कै हठतले आज


चिहान राख्ने यो माटो, साझा हो हामी सबैको
खसेको खाल्डो पुरेर, उठौँ सजगले आज

Tuesday, November 22, 2011

गजल

आँशु रोकी वेदनाको, घाउ टाल्छु अब !
चेतनाको मूलबाटोमा, पाउ चाल्छु अब !

अन्यायले थिचिएको,पसिनाको न्याय
खोज्नलाई मैले पनि, दाउ फाल्छु अब !

असमान मोल भयो, मान्छे-मान्छे बीच
साफा नाफा बराबरी, भाउ हाल्छु अब !

रुयो वस्ती अध्याँरोमा, हराएर दिन
संघर्षको अगेनामा, नाउ बाल्छु अब !

सहेकै हो थिचोमिचो, पुस्तौं पुस्ता देखि
जरैबाट ज्यादतीको, माउ ढाल्छु अब !

गजल

घामको झुल्का पोखिएर सँघारमा परेको दिन ।
आमाको काख रित्याएर सडकैमा झरेको दिन ।

कहिले छोरा फर्किएर आँटो पिठो ल्याउला भनि,
मनको आँखा तानी आमा मझेरीमा सरेको दिन ।

बिहानदेखि देश खोज्दै, हराएको सन्तान अब,
आउने आशा सकिए'सी आँशु भेल तरेको दिन ।

अध्याँरो यो धर्ती'थ्यो कतै हुरी चलेको रात,
देशले चाहिँ अलिकति आज ज्योती भरेको दिन ।

गजल

घर-चुलो एकै भन्थ्यौ,तर बेग्लै परेको छु l
छुट्टा-भिन्न पारे पनि,अझै तेतै सरेको छु l

सोचेको'थें मेरो लागि,तिमी जून उज्यालो हौ
अध्याँरोमा राती आफ्नै,आँखा बाट झरेको छु l

कैले कहीँ भन्ने गर्छौ,मेरो आत्म तिम्रो साथी
सधैं भरि भावनाको, भेल एक्लै तरेको छु l

नमागेरै बास दियौ, आशा दियौ प्यास मार्ने
भोकाउँदा आज मन्को, झोली आफै भरेको छु l

सौभाग्यले जुराएको, मन ढुंगै भए पनि
झुकाउँदै शिर मैले, पाउ पूजा गरेको छु l


मनु लोहोरुङ
शितलपाटी-६, संखुवासभा