Showing posts with label हाम्रा साथीहरुका विचारहरु. Show all posts
Showing posts with label हाम्रा साथीहरुका विचारहरु. Show all posts

Tuesday, September 24, 2013

गजलमा लय किन चाहिन्छ ?

Bipul Sijapti

१. गजल कसिदाबाट विकसित भएको एक अन्तरराष्ट्र्यि साहित्यिक विधा हो र यसलाई पढ्ने भन्दा पनि समूहमा सुनाईने गरिन्छ ।

२. बाजाहरु २ प्रकारका छन्, ताल बाजा :- ढोलक मादल, तबला, मृदंग इत्यादि र सुर बाजा :- हारमोनियम, सितार बाँसुरी आदि । अरबी मुलुकमा तालबाजा र सुर बाजाको अत्यधिक कमीको कारणले गर्दा पनि अरबी मुलुकमा जन्मिएको गजल सुरुमा गाईदैन थियो र यसको पहिचान र अस्तित्व भनेको नै समूहमा बसेर सुनाउनुमा थियो ।

३. ताल बाजा र सुर बाजाको अभावमा यसलाई प्रभावकारी बनाउनको लागि लय अत्यावश्यक हुन गयो र विभिन्न लयमा भनिन थालियो । कालान्तरमा यही लयलाई सहज बनाउन वहर र छन्दको निर्माण भए जसले लय श्रृजना हुने एक सूत्र दियो ।

४. प्रभावकारिताको लागि र सेरमा प्रयुक्त विशेष शब्दबाट हृदयमा असर उत्पन गर्नको लागि शब्दमा स्वराघात, बलाघात र यति या बिश्राम मिलाएर लयबद्ध रूपमा सुनाइन थालियो ।

५. बहर र छन्दको निर्माण पश्चात् पनि लयका कुरा नउठेका होइनन्, त्यसको समाधानार्थ तरन्नुमको अबधारण अघि ल्याईयो र गजलगोलाई उसले आफैले निर्माण गरेको तरन्नुम (लय) मा गजल भन्ने छुट दिईयो । यस्ता तरन्नुमलाई बहरबद्ध या छन्दबद्ध गर्ने कार्य र सिलसिला अद्यापी हुँदैछ र आदरणीय पोष्टराज सर नेपालमा उदाहरणीय व्यक्ति हुनुहुन्छ ।

६. मुगलकालमा मुसायरा (गजल वाचन कार्यक्रम) बहादुर शाह जफरको पालामा आएर झन मौलाएको थियो । बहादुर शाह जफर आफै पनि गजलका सौकिन र सायर थिए र उनले समय समयमा मुसायर चलाऊदथे । उनको दरबारमा हुने मुसायरा साँझको नमाज पछि सुरु भएर बिहानको आजान (बिहानको नमाज पढने सङकेत, घोषणा) सुने पछि सकिन्थ्यो । यस्ता मुसायरामा सायरले सेरका पहिलो हरफ आफ्नै तरन्नुम (लय) मा या बहरमा चार पाँच पटक दोहर्याऊदा पनि श्रोता उत्सुक भएर सुन्न बस्दथे र तिनीहरूको जिज्ञासा जब मतलाए सानी ले शान्त पार्दथ्यो तब वाह ! वाह ! र सुभान अल्लाह ! सुभान अल्लाह ! भनेर सायरको तारिफ गरेर फेरि अर्को सेर सुन्न तल्लिन हुन्थे । यसरी श्रोतालाई मन्त्रमुग्ध पार्ने काममा लयले नै सघाउँछ ।

७. गजलको सुरुवाती अवस्था देखि गजलसँग टाँसिएर आएको लयलाई आधुनिकताको नाममा हटाईदिएको खण्डमा गजल कुरुप बन्न जान्छ र यसले बिस्तारै आफ्नो पहिचान मास्न जान्छ । केही निश्चित कुराहरुका आधारमा नै गजललाई गजल भन्न सकिन्छ र लय ती मध्ये एक हो ।

८. गजलको आधारभूत तत्वको आधारमा हेर्ने हो भने पनि लय पर्दछ ।

९. लय बिनाका कुनै पनि गजल रचनालाई अन्तरराष्ट्र्यि रूपमा दाँज्दा लज्जित हुनुपर्ने बाहेक अरू केही विकल्प छैन । गजल लेखिने देशहरू भरत, पाकिस्तान, बङ्गलादेश, अफगानिस्तान इरान आदिका गजलहरुमा पनि लयलाई अटुट मानिन्छ । उनीहरूको अगाडी लय बिनाको गजललाई के नेपाली आधुनिक गजल भनेर देखाउन सकिन्छ ?

१०. प्रमुख कुरा भनेको गजलका सेर सुनाउँदा त्यसको गहिरो असर पार्नेको लागि अत्यावश्यक र कारक तत्व लय नै हो । सायरले आफ्नो स्वरलाई त्यही अनुरूप ढालेर लयमा असर पैदा गर्दछन् । एउटा सेर पढदा जति असर हुन्छ त्यसको सयौँ गुना असर सेरको भाव अनुसार आवाजको सहायताले आरोह अवरोह, शब्दमा उचित स्वराघात र बलाघात पार्दै लयमा वाचन गर्दा हुन्छ ।

११. मेरो ब्रम्हले देखेको सत्य के हो भने गजलमा लय आवश्यक छ । गजलको जन्म देखि नै आबद्ध रहँदै आएको लयलाई गजलबाट अलग गर्ने अधिकार हामीलाई छैन ।

Friday, February 17, 2012

मनु लोहोरुंगकृत एक गीतमा छोटो काब्य गवेषण

-------------------------------------खगेन्द्र पन्धाक लिम्बू

आज मनु लोहोरुंगकृत एक गीतमा सानो केरकार गर्ने ध्येय रह्यो l नोष्टाल्जिक पृष्ठभूमिमा निर्मित र सिर्जित गीतमा यसरि प्रबेस गरें !-
सागरको पानी देख्दा, घर-छेउको खोली सम्झें !!
घरि घरि छल्को उठ्दा, उनकै मिठो बोली सम्झें !!
सालाखाला बाह्य इन्द्रियले अनुभूत गरेर मात्र यस्तो तेस्रो-चौथो पत्रभित्रको सुसुप्त र गौण भावनाको आभाष प्राप्त हुनै सक्दैन l


ढुक-ढुकीमा खोजी रहेँ, सम्झनाको तरेलीमा l
मलाई भेट्न झरिन उनी, आँखाबाट परेलीमा l
मुहारको भीरै-भीर, उनीसंगै म नि झरें l
उर्ली झर्दा भावसंग, आँशु-तालमा एक्लै परें l

समुद्रको पानी र छालसंग जन्मघरको खोली देख्नु,आफ्नो र आफन्तको बोली भेट्नु,स्पन्दनको चापभित्र छाम्दा परेलीको डीलनेर अश्रुको रुपमा भेटिनु, निरस र एक्लिएको मुहारलाई भीर जस्तो कहाली लाग्दो देख्नु,आँसुको तालमा हजार तरंग उठे पनि आफुलाई एक्लो महसुस गर्नु,आदि जस्ता बिध्यमान एक्लो र निर्जनताको चपेटाले स्थायी र अन्तरासम्म पिडा र नियlस्रोले गीतको पात्रलाई गांज्नु-गांजेकोछ l
साहसले पौडिएर, निस्कें फेरि किनारामा l
सोचें ! यस्तै होला सबै, हाँसो खुसी संसारमा l
तरंग ति सल्बलाउँदा, सकम्बरी रुप सम्झें l
तृष्णाले यो आँत सुक्दा, सदियौंकै कूप सम्झें
समस्याको उठान तड्पिएर शुरुवात गरी दोस्रो अन्तरामा पुगेर स्वसाहस र स्वधापले जीवनलाई उकास्न भरपुर कोशिस गरिएकोछ lमुक्तिको बाटो फेला पारिएकोछ l
गीत एउटा संघर्षमयी जीवन जस्तो दुरुस्त-तन्दुरुस्त भै बांचेकोछ l गीतको मोटामोटी भाव एति नै l

कला एस्तो होस् कि एति सानो साहित्यको शरीरमा पनि पुरा सागर अटोस, खोली अटोस, बोली अटोस, पोखरी, पहाड,भीर,तरेली,झरी,घाम-वर्षा,जीवन,जगत सबै अटोस, संसार अटोस !
साहित्यमा विम्ब र प्रतिकसंग गहिरो सम्बन्ध नगांसी,छैटौं इन्द्रियले अनुभूत गरेर नबोली र कल्पनl र भावनाको आयामिक यानमा नचढी लर्तरो यस्तो काव्यमय रचना तयार हुँदैन l

अब, गीतको आफ्नै गेयात्मक पक्ष छन् -यति, गति, भाव, अनुप्रास, यमक,गमक, मात्रा, भाषा र भाव प्रबाह इत्यादी lयी पनि गीतभित्र सबल रुपमा देखा पर्नुले गीतको ओजस्वी,उचाई र ब्यापकता अबर्णनीय छ lयो माथिको मनुजीको गीतको कुनै समालोचन र प्रतिक्रिया होइन lमैले यो गीतभित्रको भावभंगालोमा डुब्दा भेटेका मेरो पाठकीय अनुभूति मात्र हुन् l
एउटा असल सर्जकले सधैं यहि उचाईमा सिर्जना गर्न सक्छ कि सक्तैन ?भन्ने खुल्दुली अझै बाँकी नै छ l

गजल रचनाका आधारभूत केहि तत्व र नियमहरु l

____________________खगेन्द्र पन्धाक लिम्बू


[ पर्सियामा एकजना अन्धाले लयात्मक विधाको कविताको सुरुवात गरेर गाउन थालेको ईतिहाँसलाई गजलको प्रमुख उत्पत्ति मानिए पनि अर्को तर्फ अरबियन युगको प्रचलित लयात्मक कवितालाई पर्सियामा गीत-संगीतको रुपमा बिकाश गरी गायनयोग्य रुपमा अन्य अरबियन देश, भारत तथा बिस्वभर ब्यापक गरिएको मान्यता पनि छ lगजलको ईतिहाँस लामो छ lधेरै धारणा र अव-धारणाहरु छन् lत्यो यहाँ समाबेश गरेको छैन l]


१.
बहर(मिटर)= सेरको लयात्मकता(छन्द)l जसले मिश्र(हरफ)हरुसंग तुलनात्मक सम्बन्ध राख्छ lस्वर-वर्णको मात्रा,यमक र लम्बाई वा पदको संरचनाको आयतन जसको आधारमा मत्लाको सिर्जना हुन्छ र मिटर(मात्रा) अनुप्रास(काफिया) र रदीफको सन्तुलनमा बाँकी मिसरा र सेरहरू निर्माण हुन्छन l
गजलका प्रत्येक मिसराका सेरहरुले बहरसंग सन्तुलनमा रहनु पर्दछ l जस्तै:
आफ्नै जीवन बालेर राप ताप्दैछु अचेल l
आफ्नै जीवन ढालेर आयु नाप्दैछु अचेल l

२.
रदीफ = शब्द वा शब्दहरु l जो गजलका अन्तिमका २ हरफमा छन्दमा टुंगीन्छंन र प्रत्येक मिसराको सेरमा दोहोरिन्छ्न l रदीफ बिनाको गजल पनि देखिएका छन् l त्यस्ता गजललाई 'गैर-मुरद्दफ' भनिन्छ l
रदीफ र काफिया भएका जस्तै: कोष्ठमा हेर्नुस-
आफ्नै जीवन बालेर राप ताप्दैछु (अचेल) l
आफ्नै जीवन ढालेर आयु नाप्दैछु (अचेल) l

दोहोरो रदीफको पनि अचेल प्रयोग देखिन्छ l जो मिसराको जुन ठाउँमा पनि आउन सक्छ l

३.
काफिया =रदीफ अगाडी प्रयोग हुने शब्द वा शब्दहरु जसको सन्तुलित ध्वनि हुन्छ र यसले गजलको वजन दिन्छ l
जस्तै: कोष्ठमा हेर्नुस -

आफ्नै जीवन बालेर राप (ताप्दैछु) अचेल l
आफ्नै जीवन ढालेर आयु (नाप्दैछु) अचेल l

दोहोरो काफियाको पनि अचेल प्रयोग देखिन्छ lजो मिसराको जुन ठाउँमा पनि आउन सक्छ l
स्वर-वर्णको आधारमा पूर्ण नमिलेको काफियालाई आंसिक काफिया भनिन्छ र एक अक्षरको स्वर-वर्ण मात्र मिलेको काफियालाई कान्छो वा एकाक्षरी काफिया भनिन्छ l यस्तो खालको काफीया भएका गजलहरु देखिए पनि राम्रो र संगीतमा श्रुतिमाधुर्य मानिंदैनन l
४.
मत्ला= गजलको प्रथम २ सेर वा मिसरा(हरफ वा पद )हरु l जहाँ रदीफको प्रयोग गरिन्छ l यो गजलको महत्व-पूर्ण अङ्ग हो l किन भने यहाँ प्रयोग भएका रदीफ र काफियामा पूरै गजल निर्भर हुनु पर्दछ l
जस्तै:कोष्ठमा हेर्नुस -

(आफ्नै जीवन बालेर राप ताप्दैछु अचेल l
आफ्नै जीवन ढालेर आयु नाप्दैछु अचेल l )


चुह्यो ईमान रहेन नाता वस्तीमा ओवानो
आफ्नै जीवन गालेर छानो छाप्दैछु अचेल l


फाट्यो पुरानो चलन जब मक्किंदै छातीमा
आफ्नै जीवन टालेर घाऊ खाप्दैछु अचेल l


शैय्या टेकेर हाँसेको जात मान्छेको भीडमा
आफ्नै जीवन फालेर भिक्षा थाप्दैछु अचेल l

५.
मक्ता =गजलको अन्तिम सेर l जहाँ सर्जकको महत्वपूर्ण छाप र भाव गजलमा छोडिनु पर्दछ l यहाँ गजल सर्जकको छोटो नाम 'तख्हल्लुस' लेखेर छोडिन्छ l त्यसो नगरी पनि हुन्छ l जस्तै: हेर्नुस कोष्ठमा 'तख्हल्लुस'-

शैय्या टेकेर हाँसेको( 'चुम' )मान्छेको भीडमा
आफ्नै जीवन फालेर भिक्षा थाप्दैछु अचेल l

६.
सेरको प्रथम मिसरालाई 'मिसरा ए उल्ला' भनिन्छ l
सेरको दोश्रो मिसरालाई'मिसरा ए सानी'भनिन्छ l


यो गजलको साधारण नियम मात्र हुन् l यति जानियो भने चल्ती आधुनिक गजलमा सिद्ध हस्त हुन सकिन्छ l गजलका बारेमा धेरै अवधारणाहरु छन् र धेरै व्यापक नीतिनियम पनि l तर अहिले यति जाने काफी होला भन्ने सोचेको छु l


लयका नियम:-
आफ्नै/ जीवन/बालेर\\ राप /ताप्दैछु/ अचेल /l =२/+३/+३\\२/+३/+३\=१६
आफ्नै/जीवन/ढालेर\\आयु /नाप्दैछु /अचेल l =२/+३/+३\\२/+३/+३\=१६ यसरी प्रत्येक यति र गति बीच शब्दको बराबर मात्रा(मिटर) मिल्नु पर्दछ l


चुह्यो/ ईमान/रहेन\\ नाता/वस्तीमा/ओवानो\ =२/+३/+३\\२/+३/+३\=१६
आफ्नै/जीवन/गालेर\\छानो/छाप्दैछु/अचेल \l =२/+३/+३\\२/+३/+३\=१६ हेर्नुस- प्रत्येक मिसरामा समानता छ l

फाट्यो पुरानो चलन जब मक्किंदै छातीमा
आफ्नै जीवन टालेर घाऊ खाप्दैछु अचेल l


शैय्या टेकेर हाँसेको जात मान्छेको भीडमा
आफ्नै जीवन फालेर भिक्षा थाप्दैछु अचेल l


पूर्ण शब्द यति र गतिको कारणले टुक्रिए वा विभत्स भएमा भाषा र लय स्वयं भंग हुन्छ l
जस्तो:
सपनीमा आउनू =सपनी/मा आउनू/ यहाँ -सपनी/मा टुक्रिए पनि /सपनी/ को अर्थ छ र पूर्ण छ l
तर-
/मा आउनू/ ले अशुद्धि र भाषागत भ्रसं उब्जाएकोले स्वत: गल्ति र लय भंग हुन्छ यस्तो अवस्थामा l


मैले सुत्रगत नगरेको माथिको २ वटा सेरलाई पनि मैले गरेको सूत्रको आधारमा अब आफैं सुत्रगत गरेर हेर्नुस र यसरी नै सिर्जना गर्ने कोशिस गर्नुस l


__________________________________________________




.........ताप्दैछु अचेल


आफ्नै जीवन बालेर राप ताप्दैछु अचेल l
आफ्नै जीवन ढालेर आयु नाप्दैछु अचेल l

चुह्यो ईमान, रहेन नाता, वस्तीमा ओवानो
आफ्नै जीवन गालेर छानो छाप्दैछु अचेल l

फाट्यो पुरानो चलन जब मक्किंदै छातीमा
आफ्नै जीवन टालेर घाऊ खाप्दैछु अचेल l

शैय्या टेकेर हाँसेको जात, मान्छेको भीडमा
आफ्नै जीवन फालेर भिक्षा थाप्दैछु अचेल l




..................................................................................................................

Monday, November 28, 2011

आजको कविता मापनका केही विशेष आधारहरु :


- समदर्शी काइँला - 

आजको कविता मापनका केही विशेष आधारहरु १. चिद्वैषम्यवादबाट २. अधिभाषिक संचेतनाबाट ३. फेनोमेनोलोजिकल पद्धतिबाट ४. उत्तरवर्ती संरचनावादी पद्धतिबाट ५. अनेकार्थकताको अन्वेषणबाट ६.वस्तुगतताबाट ७.अङ्ग-सङ्गतीको बन्दोबस्तीबाट ८. भाव तत्व,वुद्धि तत्व,शैली तत्व र कल्पना तत्वको सम्यक् निर्माणबाट ९. रहस्यमय कला, प्रयोग र आयामको सम्प्रेषणमूलक सिद्धान्तबाट १०. रागात्मकताको सापेक्षिक चलखेलबाट ११.मनोद्वेगहरुको व्यबस्थापनबाट १२. विचार र दर्शनको सम्यक् व्याखाले कलात्मक अभिव्यक्तिवादी सिद्धान्तबाट १३. व्यक्तिको मनोविज्ञान र ज्ञानले बनाएको काव्य स्वायत्तताबाट १४. अखण्ड सत्य -सुन्दरको आभा र बोधताबाट १५. लागिमा साध्यताले प्रतिकृतिमूलक सिद्धान्तबाट १६. मनको सौन्दर्य शास्त्रबाट १७. आविष्कार र मौलिकतामा कविको विशेष स्वतन्त्रता(poetic licence)को सदुपयोगबाट १८. वैयक्तिक सिद्धान्त ज्ञापक र ज्ञापितको अस्थिर सम्बन्ध दिगो भएबाट १९. विघटनवादी सिदान्तबाट २०. विचलनको चलनबाट २१.लय- तालको विधान र अनुशासनबाट २२. विधि र प्रविधिको खनतलासीबाट २३. पात्र, विषयवस्तु,मूलरुपीय बिम्ब,काव्यात्मक शब्दरचना र शीर्षक आदिमा उचित संगठन र विन्यासको तालमेलबाट २४. अति बौद्धिक र अति वैज्ञानिक चिन्तनबाट २५. सलग्ग सहज प्रकाश्यबाट २६. निस्सिम गतिशील सर्वदृष्टिकोणबाट २७. रुप र विषयवस्तुको बहुल सम्बन्धबाट २८. 'मौविनिहासा'को दृष्टिगोचरबाट २९.धार्मिक,सामाजिक,साँस्कृतिक,राजनैतिक,ऐतिहासिक, मनोवैज्ञानिक र अरुकोणबाट ३०. व्यक्ति सर्वाेच्चताबाट ३१. अनुभूतिमा बौद्धिक कोमलताले नवीन लेखनको पक्षबाट । -यी सबै उपर्युक्त बाटहरुबाट अबका समालोचकहरुले कविताको मूल्याङ्कन गर्नु पर्दछ अनि मात्र कविताले सम्पूर्ण न्याय पाएर सही मूल्याङ्कन हुन पाउँछ,म भन्छु । तपाईहरु के भन्नुहुन्छ ?