- ऐतिहासिक कित्ता माग -
विस्तार गर्दै मेरो नाम
किन उमारीदैछन् ? अदृश्य युद्धहरू
म चाहन्छु बरू,
नाङ्गो आँखाले देखिने युद्ध नै सही
तर घातक प्रेम-पृष्ठ चाहिएको हैन
...
उतिबेलै देखि
मनु लोहोरुङ राई
सितलपाटी -६, संखुवा सभा
हाल: न्यूयोर्क
विस्तार गर्दै मेरो नाम
किन उमारीदैछन् ? अदृश्य युद्धहरू
म चाहन्छु बरू,
नाङ्गो आँखाले देखिने युद्ध नै सही
तर घातक प्रेम-पृष्ठ चाहिएको हैन
...
उतिबेलै देखि
पहाडलाई पुजेर, नदीलाई ढोगेर
मान्छेको आयु माग्ने 'मान्छे' म
जंगललाई जल चढाएर
जगतकै सुस्वाथ्यको कामना गर्ने म
शहरबाट गाउँ पसेको राक्षसले
मेरै कोखामा दारा गाड्दा खेरी
त्यो घाउमा वनमाराको झोल
माडेर लाउन किन पाउदिन,,???
....
कसले किन फाँड्दै छ?
हरेक पटक वनमारा बुद्धिमाथि
र हरेक संविधानको विधानले मलाई
मान्छेको आयु माग्ने 'मान्छे' म
जंगललाई जल चढाएर
जगतकै सुस्वाथ्यको कामना गर्ने म
शहरबाट गाउँ पसेको राक्षसले
मेरै कोखामा दारा गाड्दा खेरी
त्यो घाउमा वनमाराको झोल
माडेर लाउन किन पाउदिन,,???
....
कसले किन फाँड्दै छ?
हरेक पटक वनमारा बुद्धिमाथि
र हरेक संविधानको विधानले मलाई
छेउकटुवा जग्गा चर्च्याउन बाध्य बनाउदैछ
नेप्टो नाकमाथिको थेप्चो निधारभित्र
काउलोको लिसो बनाएर
कल्ले बाँ'काटे हानी रहेछ ?
र हरेक पटक म चिप्ली लड्छु - अपूरो संख्यामा
हाम्रो वायुघर,साकेला थान र गुरौमा
कसले भजन गाउन थालेको छ, अचेल
र नाची रहेछन्, अट्टाहास हाँस्दै
साशाकीय नृत्यकारहरू
..
अस्तित्वको राँके मेलामा
फौदारी गर्नु पटक्कै रहर छैन, मलाई
तर यत्ति मात्रै भन्छु -
आबो, उइलेको जस्तो डबकामा छनुवा पिउँदै
सुनी रहदैनन् - कारबारी जेठाहरूले
कागको फुल चोर्ने कोइलीको कथा,
डिट्ठा बा'को प्याउले लोरी
र अधिया बुद्धिको धापले
सुती रहँदैनन् - माङ्धने कान्छाहरू
..
इतिहास साक्षी छ |
संस्कृतिमाथि ठाडो हस्तक्षेप हुँदा नि
सहिष्णुता ओढेर सिरूपाते खुकुरी सुतेको हो
नेप्टो नाकमाथिको थेप्चो निधारभित्र
काउलोको लिसो बनाएर
कल्ले बाँ'काटे हानी रहेछ ?
र हरेक पटक म चिप्ली लड्छु - अपूरो संख्यामा
हाम्रो वायुघर,साकेला थान र गुरौमा
कसले भजन गाउन थालेको छ, अचेल
र नाची रहेछन्, अट्टाहास हाँस्दै
साशाकीय नृत्यकारहरू
..
अस्तित्वको राँके मेलामा
फौदारी गर्नु पटक्कै रहर छैन, मलाई
तर यत्ति मात्रै भन्छु -
आबो, उइलेको जस्तो डबकामा छनुवा पिउँदै
सुनी रहदैनन् - कारबारी जेठाहरूले
कागको फुल चोर्ने कोइलीको कथा,
डिट्ठा बा'को प्याउले लोरी
र अधिया बुद्धिको धापले
सुती रहँदैनन् - माङ्धने कान्छाहरू
..
इतिहास साक्षी छ |
संस्कृतिमाथि ठाडो हस्तक्षेप हुँदा नि
सहिष्णुता ओढेर सिरूपाते खुकुरी सुतेको हो
तर निदाएको छ |
जाई लाग्न नजनान्ने सोझोले
अब आई लाग्ने बाङ्गोलाई बाँकी राख्दैन |
...
केवल यति सम्झौतामा छ
कि संगसंगै दोभाने खोला तर्नै छ
रमिते ढुंगामा
जाई लाग्न नजनान्ने सोझोले
अब आई लाग्ने बाङ्गोलाई बाँकी राख्दैन |
...
केवल यति सम्झौतामा छ
कि संगसंगै दोभाने खोला तर्नै छ
रमिते ढुंगामा
अभावका साझेदारी गीतहरू गाउनैछ
छिमेकीसंगै त हो नि अर्म पर्म गर्ने
....
उतिबेलै देखि दिमागी धारले
तिमी तिखारियौ - म काटिएँ
जुन कथा सिरूपाते खुकुरीसंग
छिमेकीसंगै त हो नि अर्म पर्म गर्ने
....
उतिबेलै देखि दिमागी धारले
तिमी तिखारियौ - म काटिएँ
जुन कथा सिरूपाते खुकुरीसंग
अझै दापभित्रै सुरक्षित छ,
तर अहिलेलाई खास,
तर अहिलेलाई खास,
बाजे बराजुले खनी खोर्सी गरेको कित्ता
भेस्मे देखि आवादी हुँदाको
भेस्मे देखि आवादी हुँदाको
ऐतिहासिक एक फ़ोगटा मात्रै मागेको हुँ !!!
मनु लोहोरुङ राई
सितलपाटी -६, संखुवा सभा
हाल: न्यूयोर्क
No comments:
Post a Comment