Monday, March 12, 2012

आफ्नो छायाँ भन्दा नजिक......


आफ्नो छायाँ भन्दा नजिक,भै'छौ तिमी साथी
तिमीलाई चोटलाग्दा, दुख्छ मेरो छाती


थाहै नपाई तिमीभित्र आफैलाई हराएछु
सपनीमा तिम्लाई देख्दा बिपनीमै कराएछु
थाहा पाएँ मुटुले नि, खोज्यो क्यारे साथी
तिमीलाई चोट लाग्दा दुख्छ मेरो छाती


आजभोली झल्मलाउछौ आँखा वरीपरी
मेरो मनमा उदाउछौ,जून जस्तै घरी-घरी
दु:ख बाँड्ने साथ खोज्दा,तिम्लाई रोजें साथी
तिमीलाई चोट लाग्दा दुख्छ मेरो छाती