Showing posts with label गेडी. Show all posts
Showing posts with label गेडी. Show all posts

Wednesday, December 28, 2011

गेडी 

छोडी आएँ मायालु,कस्ती भईन् होला नि
रुँदो हो की मलाई, सम्झी डाँडा-खोला नि
बल्झेर 
दुख्छ छाती एतै अल्झेर

नभेटेको मायाको,झल्को धेरै आ'को छ
कुटु-कुटु कलेजी, दिन रात खा'को छ
को हो नि ?
साँच्चै क्यारे लायो मोहनी 

Sunday, December 25, 2011

गेडी


झिलिमिली बत्तिमा, यो शहर धमिलो
घर गाउँ सम्झेर, मनै हुन्छ अमिलो
कहर
भो नि आफ्नै बाँच्ने रहर


Sunday, November 27, 2011

गेडी


वीरताको इतिहास्,बोक्ने हाम्रो नेपाल
मान्छे बिचै उष्णता,पग्ली सुक्यो हिमाल
सेतो चिमल
मैलो भयो मन्को रुमाल




फूल सम्झी जीवन,फुल्नै पर्छ काँडामा
घाम्को झुल्को भएर,झुल्किनुछ डाँडामा
साथी अब त,
हुनै पर्छ हाम्रो एकता


गेडीहरु

यो शहर छोडेर, फर्किदैछु गाँवैमा
अभावको पिडा नि, पोख्छु आफ्नै ठाँवैमा
जान्छु फर्केर 
पुरै वैंश एतै गो खेर





नेपालको नदीमा भारतको हैकम
हाम्रै पानी खोसेर, छैनौ हामी के कम
भन्छ मोराले
मुख खोला देश्का छोराले   

Tuesday, November 22, 2011

गेडी

सपनीमा हुँदा नि,आफ्नै गाउँ देख्छु म
बिपनीमा उठेर, उन्कै गीत लेख्छु म
देश सम्झेर,
पानी जस्तै आँशु गो'खेर
........................
छोडी आएँ जन्म घर् आकाश त्यो नाघेर
छिया छिया मुटु भो, आमालाई सम्झेर
भा'छु, अधुरो
मेरो लागि दिनै मधुरो