Tuesday, February 7, 2017

कविता

ढुङ्गा देवीको पीडा सताब्दीयौं सताब्दी देखि 'तिम्रो' प्रधानताले जकडिएको म आजै तिम्रो उदारता खोज्नु यो समाजमा 'म पागल हुनु'को एउटा बलियो कारक तत्व हो म विवेक नभएकी 'आईमाई' तिमी सतगुणले भरिएको 'श्रीमान' तिम्रो मेरो बीचको नाता हो यसरी कहालईन्छ - यो समाजमा 'हजूरिया मानसिकता' 'हजूर'को दृष्टि नबद्लिनुमा हजूर 'परेमेश्वर'को के दोष ??? दोष छ भने 'नारी'को छ नारी देवी जस्ती हुनुपर्छ विल्कुल मन्दिरमा ढुंगालाई खडा गरेर राखिएकी 'देवी जस्ती' हुनु पर्छ चाहे त्यसलाई कुनै वली दिएर रगत चढाउन् भक्तहरूले चाहे उनलाई विशुद्ध मन भएकाहरूले केवल सुन्दर फूल मात्रै चढाउँन् तर ति सवै कुनै न कुनै आफ्नो उदेश्य लिइ आएर चढाउन्, गच्छे अनुसारको कुरा तर ठ्याक्कै त्यस्तै 'ढुंगा' तर 'देवी' बनेर लोग्नेको घर सजाई रहनु पर्छ इप्साको पूजारीले त चाह्यो भने अर्कै देवी चिटिक्क परेको फेरि खडा गर्न सक्छ त्यसमा देवीले कुनै इख दोख गर्नु हुदैन हुँदै हुँदैन 'तिमी' पूजारी अन्सारकी देवी भएर बस्नु पर्छ बाच्नु पर्छ अनेकन फूलपत्र र बलि दिइएका रगतको रछानमा,
यद्यपी म पनि एउटा देवी नै भएर बाँचेको छु बाँचेको छु, मौन फूलपातीको रासमा हाँसेकोको छु, धेरै बलिदानका थुप्रै रुढीवादी नजरको थुप्रोमा म नि नफालिएको कहाँ हुँ र ? म पनि संस्कारको साङ्लोले उनिएर 'विवहा' नामको ढोकाबाट भित्र्याईएकी छु उही 'मन्दिर'मा जुन समाजले 'एउटा बसाहा' पालेको छ त्यो मन्दिर यस्तो हो कि 'आँशु'ले कथा लेख्छ दु:खको गजल बनाउँछ थरी थरी राग दिएर तर रागको अर्थलाई चिन्दैन 'देवता'ले मन्दिर बनाउने भजन मण्डली भजन गाउँछ 'अनेकौं आशंकाको' आँगनमा दृष्टिपात गर्ने थपडी बजाउछन् देवीको गुण/दोष छुट्याउनेहरू कतै दृष्टिपात गर्छन् कतै विष्ट्याउछन् - उनीमाथि हो यही यो मन्दिरको रीत यो यही हो देवी ! तिम्रो निमित्त आज सम्म यी भजन मण्डलीले गाएको गित मानौं तिमीले भक्तजनलाई वरदान दिनु भनेकै त्यही रछान स्वीकारेर चुपचाप "ढुंगा" बनी रहनु !!!

No comments:

Post a Comment