ढुङ्गा देवीको पीडा
सताब्दीयौं सताब्दी देखि
'तिम्रो' प्रधानताले जकडिएको म
आजै तिम्रो उदारता खोज्नु
यो समाजमा 'म पागल हुनु'को
एउटा बलियो कारक तत्व हो
म विवेक नभएकी 'आईमाई'
तिमी सतगुणले भरिएको 'श्रीमान'
तिम्रो मेरो बीचको नाता
हो यसरी कहालईन्छ - यो समाजमा
'हजूरिया मानसिकता'
'हजूर'को दृष्टि नबद्लिनुमा
हजूर 'परेमेश्वर'को के दोष ???
दोष छ भने 'नारी'को छ
नारी देवी जस्ती हुनुपर्छ
विल्कुल मन्दिरमा ढुंगालाई खडा गरेर
राखिएकी 'देवी जस्ती' हुनु पर्छ
चाहे त्यसलाई कुनै वली दिएर
रगत चढाउन् भक्तहरूले
चाहे उनलाई विशुद्ध मन भएकाहरूले
केवल सुन्दर फूल मात्रै चढाउँन्
तर ति सवै कुनै न कुनै आफ्नो उदेश्य लिइ
आएर चढाउन्, गच्छे अनुसारको कुरा
तर ठ्याक्कै त्यस्तै 'ढुंगा' तर 'देवी' बनेर
लोग्नेको घर सजाई रहनु पर्छ
इप्साको पूजारीले त चाह्यो भने
अर्कै देवी चिटिक्क परेको फेरि खडा गर्न सक्छ
त्यसमा देवीले कुनै इख दोख गर्नु हुदैन
हुँदै हुँदैन
'तिमी' पूजारी अन्सारकी देवी भएर बस्नु पर्छ
बाच्नु पर्छ अनेकन फूलपत्र र
बलि दिइएका रगतको रछानमा,
Tuesday, February 7, 2017
Saturday, November 21, 2015
कविता -
- ऐतिहासिक कित्ता माग -
विस्तार गर्दै मेरो नाम
किन उमारीदैछन् ? अदृश्य युद्धहरू
म चाहन्छु बरू,
नाङ्गो आँखाले देखिने युद्ध नै सही
तर घातक प्रेम-पृष्ठ चाहिएको हैन
...
उतिबेलै देखि
विस्तार गर्दै मेरो नाम
किन उमारीदैछन् ? अदृश्य युद्धहरू
म चाहन्छु बरू,
नाङ्गो आँखाले देखिने युद्ध नै सही
तर घातक प्रेम-पृष्ठ चाहिएको हैन
...
उतिबेलै देखि
पहाडलाई पुजेर, नदीलाई ढोगेर
मान्छेको आयु माग्ने 'मान्छे' म
जंगललाई जल चढाएर
जगतकै सुस्वाथ्यको कामना गर्ने म
शहरबाट गाउँ पसेको राक्षसले
मेरै कोखामा दारा गाड्दा खेरी
त्यो घाउमा वनमाराको झोल
माडेर लाउन किन पाउदिन,,???
....
कसले किन फाँड्दै छ?
हरेक पटक वनमारा बुद्धिमाथि
र हरेक संविधानको विधानले मलाई
मान्छेको आयु माग्ने 'मान्छे' म
जंगललाई जल चढाएर
जगतकै सुस्वाथ्यको कामना गर्ने म
शहरबाट गाउँ पसेको राक्षसले
मेरै कोखामा दारा गाड्दा खेरी
त्यो घाउमा वनमाराको झोल
माडेर लाउन किन पाउदिन,,???
....
कसले किन फाँड्दै छ?
हरेक पटक वनमारा बुद्धिमाथि
र हरेक संविधानको विधानले मलाई
छेउकटुवा जग्गा चर्च्याउन बाध्य बनाउदैछ
नेप्टो नाकमाथिको थेप्चो निधारभित्र
काउलोको लिसो बनाएर
कल्ले बाँ'काटे हानी रहेछ ?
र हरेक पटक म चिप्ली लड्छु - अपूरो संख्यामा
हाम्रो वायुघर,साकेला थान र गुरौमा
कसले भजन गाउन थालेको छ, अचेल
र नाची रहेछन्, अट्टाहास हाँस्दै
साशाकीय नृत्यकारहरू
..
अस्तित्वको राँके मेलामा
फौदारी गर्नु पटक्कै रहर छैन, मलाई
तर यत्ति मात्रै भन्छु -
आबो, उइलेको जस्तो डबकामा छनुवा पिउँदै
सुनी रहदैनन् - कारबारी जेठाहरूले
कागको फुल चोर्ने कोइलीको कथा,
डिट्ठा बा'को प्याउले लोरी
र अधिया बुद्धिको धापले
सुती रहँदैनन् - माङ्धने कान्छाहरू
..
इतिहास साक्षी छ |
संस्कृतिमाथि ठाडो हस्तक्षेप हुँदा नि
सहिष्णुता ओढेर सिरूपाते खुकुरी सुतेको हो

तर निदाएको छ |
जाई लाग्न नजनान्ने सोझोले
अब आई लाग्ने बाङ्गोलाई बाँकी राख्दैन |
जाई लाग्न नजनान्ने सोझोले
अब आई लाग्ने बाङ्गोलाई बाँकी राख्दैन |
Tuesday, September 24, 2013
मुक्तक
जिउने आधार एउटै मुटु, आधा लुटी छाड्यौ मलाई
खुराफाती तिम्रै मन'थ्यो,आखिर धोका बाँड्यौ मलाई
बाँच्छु भन्थे दुई चार दिन तितो यादसंग पनि
जिउँदो लाश बनाएर माटोभित्रै गााड्यौ मलाई
खुराफाती तिम्रै मन'थ्यो,आखिर धोका बाँड्यौ मलाई
बाँच्छु भन्थे दुई चार दिन तितो यादसंग पनि
जिउँदो लाश बनाएर माटोभित्रै गााड्यौ मलाई
भो अब म, प्रेमको कविता लेख्दिन
मनु लोहोरुङ राई
भो अब म,
प्रेमको कविता लेख्दिन
आफूसंगै हिड्ने छायाँ हेर्दा हेर्दै विलाए जस्तै
भूमि छोडेर क्षितिज काटी उड्ने वायुयान जस्तै
मिठो प्रेमराग मेरो हृदय नाघेर पअअर-पर पुगेछ |
भो अब म,
प्रेमको कविता लेख्दिन
आफूसंगै हिड्ने छायाँ हेर्दा हेर्दै विलाए जस्तै
भूमि छोडेर क्षितिज काटी उड्ने वायुयान जस्तै
मिठो प्रेमराग मेरो हृदय नाघेर पअअर-पर पुगेछ |
गजलमा लय किन चाहिन्छ ?
Bipul Sijapti
१. गजल कसिदाबाट विकसित भएको एक अन्तरराष्ट्र्यि साहित्यिक विधा हो र यसलाई पढ्ने भन्दा पनि समूहमा सुनाईने गरिन्छ ।
२. बाजाहरु २ प्रकारका छन्, ताल बाजा :- ढोलक मादल, तबला, मृदंग इत्यादि र सुर बाजा :- हारमोनियम, सितार बाँसुरी आदि । अरबी मुलुकमा तालबाजा र सुर बाजाको अत्यधिक कमीको कारणले गर्दा पनि अरबी मुलुकमा जन्मिएको गजल सुरुमा गाईदैन थियो र यसको पहिचान र अस्तित्व भनेको नै समूहमा बसेर सुनाउनुमा थियो ।
३. ताल बाजा र सुर बाजाको अभावमा यसलाई प्रभावकारी बनाउनको लागि लय अत्यावश्यक हुन गयो र विभिन्न लयमा भनिन थालियो । कालान्तरमा यही लयलाई सहज बनाउन वहर र छन्दको निर्माण भए जसले लय श्रृजना हुने एक सूत्र दियो ।
४. प्रभावकारिताको लागि र सेरमा प्रयुक्त विशेष शब्दबाट हृदयमा असर उत्पन गर्नको लागि शब्दमा स्वराघात, बलाघात र यति या बिश्राम मिलाएर लयबद्ध रूपमा सुनाइन थालियो ।
५. बहर र छन्दको निर्माण पश्चात् पनि लयका कुरा नउठेका होइनन्, त्यसको समाधानार्थ तरन्नुमको अबधारण अघि ल्याईयो र गजलगोलाई उसले आफैले निर्माण गरेको तरन्नुम (लय) मा गजल भन्ने छुट दिईयो । यस्ता तरन्नुमलाई बहरबद्ध या छन्दबद्ध गर्ने कार्य र सिलसिला अद्यापी हुँदैछ र आदरणीय पोष्टराज सर नेपालमा उदाहरणीय व्यक्ति हुनुहुन्छ ।
६. मुगलकालमा मुसायरा (गजल वाचन कार्यक्रम) बहादुर शाह जफरको पालामा आएर झन मौलाएको थियो । बहादुर शाह जफर आफै पनि गजलका सौकिन र सायर थिए र उनले समय समयमा मुसायर चलाऊदथे । उनको दरबारमा हुने मुसायरा साँझको नमाज पछि सुरु भएर बिहानको आजान (बिहानको नमाज पढने सङकेत, घोषणा) सुने पछि सकिन्थ्यो । यस्ता मुसायरामा सायरले सेरका पहिलो हरफ आफ्नै तरन्नुम (लय) मा या बहरमा चार पाँच पटक दोहर्याऊदा पनि श्रोता उत्सुक भएर सुन्न बस्दथे र तिनीहरूको जिज्ञासा जब मतलाए सानी ले शान्त पार्दथ्यो तब वाह ! वाह ! र सुभान अल्लाह ! सुभान अल्लाह ! भनेर सायरको तारिफ गरेर फेरि अर्को सेर सुन्न तल्लिन हुन्थे । यसरी श्रोतालाई मन्त्रमुग्ध पार्ने काममा लयले नै सघाउँछ ।
७. गजलको सुरुवाती अवस्था देखि गजलसँग टाँसिएर आएको लयलाई आधुनिकताको नाममा हटाईदिएको खण्डमा गजल कुरुप बन्न जान्छ र यसले बिस्तारै आफ्नो पहिचान मास्न जान्छ । केही निश्चित कुराहरुका आधारमा नै गजललाई गजल भन्न सकिन्छ र लय ती मध्ये एक हो ।
८. गजलको आधारभूत तत्वको आधारमा हेर्ने हो भने पनि लय पर्दछ ।
९. लय बिनाका कुनै पनि गजल रचनालाई अन्तरराष्ट्र्यि रूपमा दाँज्दा लज्जित हुनुपर्ने बाहेक अरू केही विकल्प छैन । गजल लेखिने देशहरू भरत, पाकिस्तान, बङ्गलादेश, अफगानिस्तान इरान आदिका गजलहरुमा पनि लयलाई अटुट मानिन्छ । उनीहरूको अगाडी लय बिनाको गजललाई के नेपाली आधुनिक गजल भनेर देखाउन सकिन्छ ?
१०. प्रमुख कुरा भनेको गजलका सेर सुनाउँदा त्यसको गहिरो असर पार्नेको लागि अत्यावश्यक र कारक तत्व लय नै हो । सायरले आफ्नो स्वरलाई त्यही अनुरूप ढालेर लयमा असर पैदा गर्दछन् । एउटा सेर पढदा जति असर हुन्छ त्यसको सयौँ गुना असर सेरको भाव अनुसार आवाजको सहायताले आरोह अवरोह, शब्दमा उचित स्वराघात र बलाघात पार्दै लयमा वाचन गर्दा हुन्छ ।
११. मेरो ब्रम्हले देखेको सत्य के हो भने गजलमा लय आवश्यक छ । गजलको जन्म देखि नै आबद्ध रहँदै आएको लयलाई गजलबाट अलग गर्ने अधिकार हामीलाई छैन ।

Tuesday, September 17, 2013
मुक्तक
मेरो मनमा आगो बालेर कहाँ पुग्यो बैगुनी ?
छातीको घाउमा नुन हालेर कहाँ पुग्यो बैगुनी ?
जसो तसो जोगाएर राखेकै'थें सिङ्गै मुटु
टुक्रा,टुक्रा बनाइ फालेर कहाँ पुग्यो बैगुनी ?
Thursday, April 4, 2013
पुस्ता देखि पुस्ता सम्म
'मेरो च्याब्जुले फाँडेको खोरिया'लाई
च्याब्जुकै छिमेकीले खेत बिराए पछि
मेरो बाजेको अस्तित्व छेउ लागेको हो
जब बाजेको अस्तित्व
छेउकटुवा भएर बाँच्दै थियो,
'जिन्दगी'हरु बर्मा भएर बाँचे/ बर्मा भएर मरे |
जब बाजेको हाडखोर बर्माको जंगलमा
रबरको रुख भएर उम्रिए पछि
बाउको बाँच्ने शैलीमा परिवर्तन भयो |
कति बाउ मलाय-हंगकंग त
कति भारत भएर बाँचे-
समयले चाकाचुली खेल्दै गए पछि
फेरि बाउहरु यु.के. र ब्रुनाई बाँच्न थाले |
एता छिमेकीले बिरौटो खेतलाई
जीवनकै आवादी बनाए |

Subscribe to:
Posts (Atom)