Monday, November 28, 2011

रुपक गेडीहरु

गोविन्द भावुक

तिमी लाग्यौ विदेश शून्य भयो चौतारी
साने ठुले सबैले संझिन्दै'थे दौतारी
कहाँ छौ ?
खुसी हुनु जता जहाँ छौ |

२,

अब कति डुब्ने हो आँशुको यो तालमा 
जनता सबै परेर नेताजीको जालमा 
देखिन्न,
संविधान कैल्यै लेखिन्न
  
३,
बिकासको बाटोमा देश कैले लम्केन
नेपालीको भाग्यमा खुसी किन चम्केन
साह्रो भो,
देश धान्न धेरै गाह्रो भो 

४ 
मासिदैछ सम्पदा संरक्षण भएन
झुटो बोल्ने नेताको बानी कैल्यै गएन 
अति भो,
उधो लाग्ने यिनको मति भो 

५, 
कुर्सी पाए अब त केही गर्लान् भनेको
यस्तै रैछ व्यर्थै भो हामीले दिन गनेको
गरेनन्,
गरिबको घाउमा मलम भरेनन्

६,
के गुनासो पोखौं खै गाउँ घर यस्तै छ 
तिम्ले जस्तो छोड्या;थ्यौ सबै कुरा तेस्तै छ 
ए बाबु,
मन सारै भा'छ बेकाबु

७,
फर्की आऊ अब त देशमा केही गर्नुछ
दुखिरा'छिन् जननी तिम्ले मलम भर्नुछ
गर्दछौं,
हामी तिम्रै भर पर्दछौं
गोविन्द भावुक 
रचना ;  ११ मंसिर २०६८ 

1 comment:

  1. नयाँ विधा गेडीको यो व्यापकतासंगै तपाईंका यी अब्बल दर्जाका गेडीहरुले साँच्चै नै हामी सबै पाठकहरुलाई देश र जनता अनि सारा जीवन -जगतको बारेमा चिन्ता, चिन्तन र चेतना, स्वचेतना सबै नियाल्न, स्वबोध गर्न बाध्य बनाउँछ | तपाईंको कलमले यो स्तारियाता कहिले नभुलोस | हार्दिक शुभकामना छ, गोविन्द जी !

    ReplyDelete